
४ कात्तिक, काठमाडौं । नेपाल विद्यार्थी संघले सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–३ स्थित धुस्कुन स्वास्थ्य चौकीमा सोलार बत्ती र स्वास्थ्य सामग्री वितरण गरेको छ ।
नेविसंघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाले सोमबार सोलार बत्ती, एन–९५ मास्क, स्यानिटाइजरलगायतका अत्यावश्यक सामग्रीहरु वितरण गरेका हुन् ।
त्यसैगरी वडा कार्यालयको प्रयोजनका निम्ति जिल्लाको भोटेकोसी गाउँपालिका ३ का अध्यक्ष कैलाश पौडेललाई पनि सोलार बत्ती, एन–९५ मास्क, स्यानिटाइजर लगायतका अत्यावश्यक सामग्रीहरु पनि महामन्त्री तिमल्सिनाले हस्तान्तरण गरेका छन् ।
यसअघि इलाका प्रहरी कार्यालय बाह्रबिसेमा कार्यरत प्रहरी र बाह्रबिसे नगरपालिका ७ स्थित घुम्थाङ उपस्वास्थ चौकीलाई पनि स्वास्थ्य सामग्री र सोलार बत्ती प्रदान गरिएको थियो ।
कोरोना भाइरसको महामारी, बाढीपहिरो लगायतको विपत्तीमा जिल्लाले व्यहोर्नु परेको पीडामा मल्हम लगाउन जिल्ला पार्टी तथा भातृ एवं शुभेच्छुक संस्थाका नेताहरू सम्मिलित टोली निरन्तर क्रियाशिल छ,’ महामन्त्री तिमल्सिनाले भने, ‘हामीले राहत, उद्धार र पुनःस्थापनाका साथै अहिले खाद्यान्न, सोलार बत्ती, मास्क, स्यानिटाइजर, ग्लोब्स लगायतका स्वास्थ्य सामग्री पनि वितरण गर्दै आएका छौं ।’
सरकार नागरिकको जीवन रक्षामा गैरउत्तरदायी बनिरहेको बेला यो अभियान निरन्तर जारी राख्ने नेविसंघ महामन्त्री तिमल्सिनाको भनाइ छ ।
प्रतिक्रिया 4