+
+

मोरङमा कोरोना संक्रमणबाट दम्पतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ४ गते १८:१०

४ कात्तिक, विराटनगर । मोरङमा कोरोना संक्रमणका कारण एक दम्पतीको मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका– ४ का ८५ वर्षीय श्रीमान र उनकी ८१ वर्षीया श्रीमतीको एकै दिन कोरोना संक्रमणबाट मृत्यु भएको हो । करिब १२ घण्टाको अन्तरमा छुट्टाछुट्टै अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको मृतकका आफन्तले जानकारी दिएका छन् ।

सोमबार राति ८५ वर्षीय श्रीमानको विराट नर्सिङहोममा मृत्यु भएको हो भने सोमबार बिहान मोरङ सहकारी अस्पतालमा श्रीमतीको मृत्यु भएको हो । उपचारका क्रममा पीसीआर परीक्षण गर्दा दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

एकै परिवारका दुई जनाको मृत्यु भएपछि संक्रमित बसेको घरलाई सेनिटाइज गरिएको रंगेली नगरपालिकाका स्वास्थ्य संयोजक भुपेन्द्र मण्डलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?