Comments Add Comment

कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु

६ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।

काठमाडौंका ८, हेटौंडाका ३, चितवन, रुपन्देही र सुनसरीका २/२ जना तथा ललितपुर, भक्तपुर, धादिङ, अर्घाखाँची, तनहुँ र कास्कीका एकएक जनाको मृत्यु भएको हो ।

  • वत्तीसपुतली, काठमाडौंका ७१ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । २ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी ३ गते अस्पताल भर्ना भएका थिए ।
  • काठमाडौंकी ८० वर्षीया मििहलाको बिहीबार मृत्यु भएको छ । उच्च रक्तचाप र मधुमेहका विरामी उनलाई ३० असोजमा कोरोना पुष्टि भएको थियो र सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।
  • कोटेश्वर, काठमाडौंका ६० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । उनलाई १ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने २ गते अस्पताल भर्ना भएकी थिइन् ।
  • सामाखुसी, काठमाडौंका ६७ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । १८ गते अस्पताल भर्ना भएका उनलाई १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचाप र मिर्गौलासम्बन्धी रोगका विरामी समेत थिए ।
  • जोरपाटी, काठमाडौंका ६९ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । २३ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी २४ गते अस्पताल भर्ना भएका थिए ।
  • काठमाडौंकी ६८ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ । दमकी विरामी समेत रहेकी उनलाई २० असोजमा अस्पताल भर्ना भएको थियो भने ३० गते अस्पताल भर्ना भएकी थिइन् ।
  • वत्तीसपुतली, काठमाडौंका ९६ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । दमका बिरामी उनलाई ३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने ५ गते अस्पताल भर्ना भएका थिए ।
  • रक्तकाली, काठमाडौंका ६० वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । ३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएर ४ गते अस्पताल पुगेका थिए ।
  • हेटौंडा, मकवानपुरका ६६ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । थाइराइडको समस्या भएका उनलाई २८ असोजमा कोरोना पुष्टि भएको थियो भने श्वासप्रश्वासमा समस्या भएपछि ३० गते अस्पताल भर्ना भएका थिए ।
  • हेटौंडा, मकवानपुरका ५१ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । २६ असोजमा अस्पताल भर्ना भएका उनलाई ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • रत्ननगर नगरपालिका-१३, चितवनका ८५ वर्षीय पुरुषको बिहीबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर ४ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • रत्ननगर, चितवनका ४० वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । क्यान्सरका बिरामी समेत रहेका उनी निमोनिया र शक भएर २३ असोजमा अस्पताल भर्ना भएका थिए भने सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • कञ्चन गाउँपालिका-३, रुपन्देहीका ४८वर्षीया महिलाको बिहीबार लुम्बिनी प्रादेशिक अस्पतालमा विहान मृत्यु भएको छ । ४ कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको बिहीबार मात्र पुष्टि भएको थियो ।
  • तिलोत्तमा नगरपालिका-४, रुपन्देहीका ८१ वर्षीय पुरुषको बुधबार राति कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । १ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।
  • इनरुवा-१, सुनसरीका ८३ वर्षीय पुरुषको बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उच्च रक्तचाप, मधुमेह, प्रोस्टेट लगायतका समस्या भएका उनलाई ३ कात्तिकमा कारोना संक्रमण पुष्टि भएको थियो ।
  • धरान उपमहानगरपालिका-१८, सुनसरीका ५६ वर्षीय पुरुषको बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । २७ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी ३ कात्तिकमा मात्र अस्पताल भर्ना भएका थिए ।
  • सुन्धारा, ललितपुरका ८२ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । २९ असोजमा अस्पताल भर्ना भएका दमका बिरामी उनलाई २ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • थिमी, भक्तपुरका ७१ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । उनलाई २५ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • धादिङका ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । निमोनिया र शक भएर २५ असोजमा अस्पताल भर्ना भएका कोरोना संक्रमण भएको उनलाई २६ गते पुष्टि भएको थियो ।
  • पाणेनी-७, अर्घाखाँचीका ३८ वर्षीय पुरुषको बुधबार राति कोरोना विशेष अस्पताल, बुटवलमा मृतयु भएको छ । उनलाई २२ असोजमा कारोना संक्रमण देखिएको थियो ।
  • शुक्लागण्डकी, तनहुँकी घर भई हेटौंडा बस्ने ३३ वर्षीया महिलाको बिहीबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । ३७ हप्ताका गर्भवती रहेकी उनलाई ३० असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानरगपालिका-१२, कास्कीका ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या भएपछि बिहीबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment