Comments Add Comment

ललितपुर, मोरङ र पर्सामा भएका दुर्घटनामा ३ जनाको मृत्यु

९ कात्तिक, काठमाडौं । ललितपुर, मोरङ र पर्सामा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

ललितपुरको नख्खुमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएका छ भने एक जना घाइते भएका छन् ।

बा.८ च १५८१ नम्बरको कारले को.२९ प ५०६२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने सिरहा घर भएका २८ वर्षीय एलु घलेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका घलेको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार जावलाखेल बस्ने मकवानपुर घर भएका २१ वर्षीय सजित परियारको पाटन अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङको कानेपोखरी जंगलमा पर्ने सडकमा शनिबार साँझ नम्बर नखुलेको सवारी साधनको ठक्करबाट करिब ६० वर्षीय पुरुषको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मंगलबारे अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । उनको नाम थर, ठेगाना खुलेको छैन ।

ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले पहिचान तथा खोजी कार्य गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।

यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवाचोकमा ना.३ ख ९४२८ नम्बरको टिपर, अनटेष्ट लेखेको ट्याक्टर र सोही स्थान बस्ने ३२ वर्षीय गौरी शंकर मिश्राले चलाएको साइकल आपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा साइकलयात्री गौरी शंकर मिश्राको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment