Comments Add Comment
कोरोनामा दसैं : ७ सुझाव :

‘दसैंको अक्षता पात वा प्लेटमा राखेर दिउँ’

नो टेन्सन, नो जुवातास, जाँडरक्सी नो, प्लिज !

यस वर्ष कोरोनासँगै दसैं मनाउनुपरेको छ । यसर्थ, कोरोनाको जगजगीमा दसैं मनाउँदा के कसो गर्नु बेस होला भनी मनमा उब्जिएका कल्पनाहरु आम पाठकसमक्ष प्रस्तुत गरेको छु ।

यसपटकको दसैं सबैले तनावमुक्त भएर मनाउने अभ्यास गर्न सबैमा सार्वजनिक अपिल गर्छु ।

ज्येष्ठ नागरिकको सुरक्षा

हिन्दू धर्मअनुसार दसैंमा मान्यजन वा आफूभन्दा उमेरले पाका मानिसबाट आर्शिवाद लिने हो । यसैगरी, वर्षभरिको रिस, द्वेष वा अन्य कुरा बिर्सिएर ठूलावडा र ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्ने हो ।

ज्येष्ठ नागरिकसँग धेरै नबोलौं । नजिकै पर्दा मौन भएर टीका लगाआंै । निकै पाका उमेरका ज्येष्ठ नागरिकलाई हात उठाएर वा हल्लाएर आर्शिवाद दिन भनौं । फोनबाट नै टिकाटालोको काम गरौं ।

हाल, कोभिड १९ ले उमेरले पाका मानिसहरुलाई तारो बनाएको छ । साथै, दसैंमा उनै पाका मानिससँग टीका लगाएर अर्शिवाद प्राप्त पनि गर्नु छ । यसर्थ, यसमा सन्तुलन कायम गर्नु हाम्रो कर्तव्य हो । यसका लागि ज्येष्ठ नागरिकलाई सर्जिकल मास्क र स्यानिटाइजर प्रयोग गर्न लगाउनुपर्छ । उहाँहरुको सम्पर्कमा जानेले पनि यो नियमको अनिवार्य पालना गर्नुपर्छ ।

यदि एकै घरपरिवार बाहेकका व्यक्तिलाई दसैंको टीका लगाइदिन परे ज्येष्ठ नागरिकले दसैंको टीका पातमा वा प्लेटमा राखेर दिउँ । करिब ४÷५ मिटरको दूरी कायम गरेरै अर्शिवाद प्राप्त गरौं । ज्येष्ठ नागरिकको कोठामा भेला हुने काम नगरौं ।

ज्येष्ठ नागरिकसँग धेरै नबोलौं । नजिकै पर्दा मौन भएर टीका लगाऔं । निकै पाका उमेरका ज्येष्ठ नागरिकलाई हात उठाएर वा हल्लाएर आर्शिवाद दिन भनौं । फोनबाट नै टिकाटालोको काम गरौं ।

यसरी पाका मानिसको अर्शिवाद प्राप्त गर्नुका साथै तिनमा कोरोनाको संक्रमण सर्छ कि भन्ने कुरामा हरेक सजग नागरिक सम्वेदनशील बनौं ।

दक्षिणा र उपहार

दसैंलाई भड्किलो बनाउनुहुँदैन । यदि ज्येष्ठ नागरिकको हातबाट टीका लगाउन उपहार वा कोशेली लैजानु छ भने उहाँहरुको स्वास्थ्यर आवश्यकतालाई विचार गर्नुपर्छ । उहाँहरुलाई शक्ति दिने बिस्कुट, हर्लिक्स जस्ता खानेकुरा दिन सकिन्छ ।

पूजापाठमा बढी दिलचस्पी भएकालाई मूर्ति, घण्टी, डमरु किनिदिन सकिन्छ । यसैगरी पछ्यौरी, टोपी, ज्वारीकोट, स्वीटरजस्ता जिन्सी दिन सकिन्छ ।

तर, यस्तो वस्तु खरिद गर्दा अनावश्यक तडक– भडक देखाउने गरी महंगो वस्तु किन्न जरुरी छैन ।केवल पाका मानिसहरुप्रति सम्मान व्यक्त गर्ने हो भन्ने मनमा लिनुपर्छ । हो, ज्येष्ठ नागरिक मध्ये जसलाई लालन–पालनको जरुरत छ, तिनका घरपरिवारले आप्mनो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।

सक्षम ज्वाइँ–छोरी, भाञ्जा–भाञ्जी, दिदी–बहिनी लगायत धार्मिक कानून र आस्था, विश्वासअनुसार दक्षिणा दिनुपर्नेलाई अधिकतम् एकसय रुपैयाँ दिउँ ।

सक्षम ज्वाइँ–छोरी, भाञ्जा–भाञ्जी, दिदी–बहिनी लगायत धार्मिक कानून र आस्था, विश्वासअनुसार दक्षिणा दिनुपर्नेलाई अधिकतम् एकसय रुपैयाँ दिउँ ।

गत वर्ष मैले ज्वाइँलाई १० रुपैयाँ दक्षिणा दिने सन्देश प्रवाह गरेको थिएँ । यी सन्देशको मूल मर्म सकी नसकी दक्षिणामा बढी रकम दिने कुसंस्कारको विरोध गरौं भन्ने नै हो । यो वर्ष बैंकहरुले डिजिटल दक्षिणाको पनि अफर गरेका छन् ।

यस अतिरिक्त, पुस्तक उपहार दिनु उत्तम हो । गत वर्ष मैले आफूद्वारा लिखित पुस्तक नै बहिनी–ज्वाइँलगायतलाई उपहार दिएको थिएँ ।

यसैगरी, आपूmले आर्शिवाद थाप्न जाँदा ठूलोबुवा, काकालगायतलाई पनि पुस्तक नै उपहारमा दिएको थिएँ । हाल नेपालको बजारमा निकै उत्कृष्ट पुस्तकहरु आएको कुरा बताउन चाहन्छु ।

नो जुवा तास

कानूनले बर्जित गरेको जुवा तास दसैंका नाममा कसैले पनि खेल्नुहुँदैन । प्रहरीले नदेख्ने गरी अपराधमा संलग्न रहने छुट मलाई छैन भनी सबै नागरिक सजग हुनपर्छ । दसैंका नाममा किट्टी खेल्ने, फलाँस चल्ने वा म्यारिजका लागि तास खेल्ने काम गर्नु हुँदैन । विना पैसामै भए पनि कौडा हान्नुहुँदैन । छुनै हुदैन । लंगुर बुर्जा लगायतका कुनै पनि अवैध कार्यमा दसैंमा कोही पनि संलग्न हुनुहुँदैन ।

हालका दिनमा महंगो बाजीमा क्यारेम बोर्ड खेल्ने, बागचाल चल्ने खेल्ने हर्कत पनि सुनिन्छ । यसरी, पैसाको बाजी राखेर जीवनभरि यस्ता कुनै पनि खेल खेल्ने छैन भनी सबै नेपालीले बाचा गर्न यस वर्षको दसैं सबैका लागि शुभसाइत ठहरियोस्, यही कामना गर्दछु ।

जाँडरक्सी नो प्लिज

यस पंक्तिकारले मदिराविरोधी आन्दोलन चलाइरहेको कुरा आम पाठकमा पनि जानकारी नै छ । रक्सीको बेफाइदा बाहेक कुनै फाइदा छैन । यसर्थ, रक्सीमुक्त नेपाल अभियानलाई सफल तुल्याउनु हामी सबै नेपालीको कर्तव्य हो ।

यसका लागि सरकारले पहिलो चरणमा विदेशबाट आयात गरिने रक्सी पूर्णरुपमा निषेध गर्नुपर्छ । दोस्रो चरणमा नेपालका रक्सी उद्योगहरु बन्द गर्नुपर्छ । तेस्रो चरणमा केही सीमित धार्मिक र सांस्कृतिक प्रयोजनको कार्यमा बाहेक आम नेपालीले घरायसी रक्सी उत्पादन र सेवन गरेमा कैद सजायँ हुने कानून जारी गर्नुपर्छ ।

यसर्थ, रक्सीबिरोधी आन्दोलनलाई साथ दिँदै यस वर्षको दसैं जाँडरक्सीको सेवनबेगर उल्लासका साथ मनाउन आग्रह गर्दछु ।

पढौं, लेखौं, खुसी होऔं

दसैंको लामो छुट्टीमा घुम्न जानुको मज्जा पनि बेग्लै हुने थियो । तर, यसपटक कोरोना कहरका कारण घरमै बसी सुरक्षित हुनु हितकर छ । यसर्थ, यो दसैंमा आफुलाई मन परेका दुई चारवटा पुस्तक पढौं ।

केही लेख्ने ईच्छा सबैलाई हुन्छ । यसर्थ कथा, कविता लेखौं । कुनै काम गर्न बाँकी थियो भने सम्झिएर सो काम पूरा गरौं । । आफ्नो सिर्जनशीलता उजागर गरौं ।

दसैंको फुर्सदका समयमा अनलाइनबाट सुसूचित होऔं । घरमै बसेर परिवारसँग हासी खुसीका साथ दसैं मनाऔं ।

पहिला भान्छा सफा गरौं । त्यसपछि आँगन, बगैंचा जे छ, त्यसलाई चिरिच्याट्ट पारौं । त्यसपछि गर्मीका लुगा थन्क्याएर जाडोका लुगा झिकौं । तिनलाई सुकाउने, धुने काम गरौं । सिरक, डस्ना, खोल, तन्ना फेरौं ।

घर सफा गरौं

धेरैको प्राथमिकतामा नपर्ने, तर नगरी नहुने काम भनेको घरभित्रको सफाइ हो । पहिला भान्छा सफा गरौं । त्यसपछि आँगन, बगैंचा जे छ, त्यसलाई चिरिच्याट्ट पारौं । त्यसपछि गर्मीका लुगा थन्क्याएर जाडोका लुगा झिकौं । तिनलाई सुकाउने, धुने काम गरौं । सिरक, डस्ना, खोल, तन्ना फेरौं ।

दसैँमा आफूलाई नयाँ कपडा किन्नु नपर्ने पनि हुन सक्छ । तर, घरायसी प्रयोजनका लागि इण्डक्सन चुल्हो किनौं । खाना पकाउने ग्यासभन्दा यो सस्तो पर्छ । खाना तताउने ओभन किनौं । जाडो महिनाका लागि पानी तताउने विद्युतीय कित्ली किनौं । मकलको आगोभन्दा हटब्यागको तातोपना सुरक्षित र वातावरण अनुकूलित हुन्छ । यसर्थ, सो खरिद गरौं ।

घरमा सानो करेसाबारी छ भने सिजनअनुसारको तरकारी रोपौं । पुराना भाँडाकुँडा, बाल्टिन लगायतको व्यवस्था गरी कौसी खेती गरौं । टोलमा सबैलाई भेला गराएर कोरोना संक्रमणको नियम पालना गर्दै सफाई अभियान सञ्चालन गरौं ।

पिङ नखेलौं, नखेलाऔं । मन्दिर जाने कामलाई कम गरौं, गए पनि मूर्ति वरिपरि छुने, चलाउने होइन, नमस्कार गरौं । कोरोना बिरुद्धको सतर्कता हर क्षण अपनाऔं । सुरक्षित ढंगले मानिस भेला नभई चंगा उडाऔं । अरु पनि सम्झियौं । के गर्दा आपूm र घरपरिवारमा खुसी आउँछ, सोही काममा ध्यान लगाऔं ।

तनावमुक्त होऔं

दसैंलाई दशाका रुपमा पनि बुझ्ने गरिएको छ । ‘आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई’ उखान चरितार्थ हुन दिनुहुँदैन । दसैं भन्दैमा कोची कोची खानु पनि हुँदैन ।

दसैंमा नचाहिए पनि नयाँ लुगा किन्नैपर्छ भन्ने छैन । आपूmले नखाएर पनि पाहुनालाई खुवाएर सान देखाउनुपर्छ भन्ने आडम्बरबाट हट्नुपर्छ ।

यो पर्व आफ्नो रीतीरिवाजअनुसार भड्किलो नहुने गरी मनाउनुपर्छ । परिवारको खुसीका लागि सबैले मिलेर घाँटी हेरी हाड निल्ने भनाइका आधारमा खर्च गर्नुपर्छ । सकी नसकी छिमेकीलाई देखाउनै भए पनि खसी ढाल्नैपर्छ भन्ने लघुताभाषबाट बाहिर निस्कनुपर्छ ।

यस पर्वमा विशेष गरी सानालाई आर्शिवाद दिने र ठूलाप्रति आदरभाव दर्शाउने नै हो । यसमा कमी हुन दिनुहुँदैन । यसपटक कोरोना कहरका कारण सबैजनाको घरपरिवारको मिलन वा भेटघाट हुन पाएको छैन । सम्झनुपर्छ, समय बलवान हुन्छ । यसैमा चित्त बुझाउनुपर्छ । टेलिफोन, भाइबर, जूमलगायतका प्रविधिबाट आपसमा परिवार जुटेर दसैं मनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment