+
+
Shares

प्रधानमन्त्रीले बालुवाटारमा लगाएनन् दसैँको टीका

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १० गते १४:२९

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष विजया दशमीको दिन सरकारी निवास बालुवाटारमा टीका लगाएनन् । बुबा मोहनप्रसाद ओली झापामा भएकाले उनले यस वर्ष टीका लगाउन नपाएका हुन् ।

सोमबार विजया दशमीको दिन प्रधानमन्त्री निवास बालुवाटारमा उनले पत्नी राधिका शाक्यलाई टीका लगाइदिए । त्यसबाहेक बालुवाटारमा अरु टीकाको कार्यक्रम नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

‘यसपाली बडादसैँलाई कोभिड– १९ का कारण पारिवारिक रुपमामात्रै बनाउन प्रधानमन्त्रीले देशवासीको नाममा संबोधन गर्दै विशेष आग्रह गर्नुभएको विदितै छ’ थापाले भने ‘उहाँले प्रधानमन्त्री निवासमा सार्वजनिक दसैँ टीका कार्यक्रम नराख्नसमेत निर्देशन दिनुभएको छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?