+
+
Shares

जुवा खालबाट जनप्रतिनिधिसहित १२ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ११ गते १०:३५
फाइल तस्वीर

११ कात्तिक, तम्घास । गुल्मीमा जुवा खालबाट जनप्रतिनिधिसहित १२ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वडाअध्यक्ष, निर्माण व्यवसायीलगायत रहेको एक प्रहरी अधिकृतले बताए । ती प्रहरी अधिकृतले पक्राउ परेकाहरुको परिचय खुलाउन चाहेनन् ।

तर, स्थानीयका अनुसार रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे, निर्माण व्यवसायीसमेत रहेका युवा संघका नेता राजु पाण्डेलगायतलाई छन् ।

उनीहरुलाई रेसुङ्गा नगरपालिका वडा नं. ८ तम्घासस्थित एभरग्रीन होटलबाट गएराति पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट ७० हजार नगदसमेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?