+

कोरोनाले रोक्यो मेस्सी र रोनाल्डोको भेट

२०७७ कात्तिक  १२ गते ११:४३ २०७७ कात्तिक १२ गते ११:४३
कोरोनाले रोक्यो मेस्सी र रोनाल्डोको भेट

१२ कात्तिक, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बुधबार बार्सिलोना र युभेन्टस आमनेसामने हुँदैछन् । यो खेललाई लिओनल मेस्सी भर्सेस क्रिष्टियानो रोनाल्डोको खेलका रुपमा समेत हेरिएको थियो ।

किनकि रोनाल्डो रियल मड्रिड छाडेर युभेन्टसतिर लागेपछि दुई स्टार फुटबलर आमने सामने भएका थिएनन् । तर बुधबार आलियान्ज स्टेडियममा हुने खेलमा दुई स्टारलाई एकसाथ मैदानमा देख्न नपाइने भएको छ ।

रोनाल्डोको कोरोना परीक्षण पुनः पोजेटिभ आएको र उनी बार्सिलोनाविरुद्ध नखेल्ने गोल डटकमले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा छन् ।

कोरोना भाइरस क्रिष्टियानो रोनाल्डो लिओनल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय