Comments Add Comment

मेस्सी फुटबलका ह्यारी पोटर हुन् : विएरी

काठमाडौं । इटालीका लिजेन्ड फुटबलर क्रिश्चियन वियरीले बार्सिलोनाका लियोनेल मेस्सी फुटबलका ह्यारी पोटर भएको बताएका छन् ।

बुधबार भएको च्याम्पियन्स लिगको खेलमा युभेन्टसलाई बार्सिलोनाले हराएसँगै विएरीले यस्तो बताएका हुन् ।

बार्सिलोनाले युभेन्टसलाई २-० ले हराउँदा मेस्सीले पहिलो गोलका लागि उस्मान डेम्बेलेलाई पास उपलब्ध गराएका थिए भने अन्तिम समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जाली चुमाएका थिए । यससँगै समूह जीमा रहेको बार्सिलोनाले दुई खेलबाट ६ अंक जोडेको छ ।

सन् १९९६-९७ मा युभेन्टसलाई सिरि ए जिताएका विएरी इटालीको टोलीबाट पनि ४९ पटक अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उनले भने, ‘मेस्सी एक जादुगर हुन्, उनी फुटबलका ह्यारी पोटर हुन् र जतिबेला उनले खेल्न छाड्छन्, मैले टीभी नै फालिदिन्छु । त्यसपछि म काममा पनि जान्नँ र टीभी पनि हेर्दिनँ, नेटफिलिक्स हेर्न थाल्छु । किनकि जतिबेला उनी रोकिन्छन्, त्यसपछि टीभीमा हेर्नलायक केही बाँकी हुँदैन ।’

वियरीले बार्सिलोनाको खेलबाट आफू निकै प्रभावित भएको बताएका छन् । साथै उनले यस वर्ष बार्सिलोनाले कुनै पनि टोलीसँगको खेल नहार्ने विश्वास व्यक्त गरेका छन् ।

स्रोत : गोल डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment