
१४ कात्तिक, हेटौंडा । दसैँको टीका थाप्न दाइको ससुराली गएका युवक मृत फेला परेका छन् ।
दाजु र भाउजुसँगै गएका हेटौंडा उपमहानगरपालिका– ४ कर्र्राका राम गुरुङको शव बागमती गाउँपालिका– ९ बेतिनीको सामुदायिक भवन नजिकै फेला परेको प्रहरीले जनाएको छ ।
दाजुको ससुरालीबाट फर्कने क्रममा सामुदायिक भवनको झ्यालमा ठोक्किँदा सीसाले काटेर अधिक रगत जादा मृत्यु भएको हुन सक्ने मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।
अधिक मादक पदार्थ सेवन गरेर फर्कने क्रममा घटना भएको उनले जानकारी दिए । परिवारका सदस्यहरुसँग बुझदा त्यस्तो कुनै खालको समस्या नरहेको बताएको प्रहरीले जनाएको छ । शवलाई हेटौंडा अस्पतालमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4