Comments Add Comment

मुम्बई इन्डियन्स आईपीएलको क्वालिफायरमा

१६ कात्तिक, काठमाडौं । मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा पुगेको छ । शनिबार दिल्ली क्यापिटललाई पराजित गरेर मुम्बईले क्वालिफायर यात्रा निश्चित गरेको हो ।

१३ म्याचबाट १८ अंक जोडेको मुम्बईसँग क्यालिफायर–१ मा क्रमशः दोस्रो र तेस्रो स्थानका रोयल च्यालेन्जर्स बैंगलौर र दिल्लीबीचको विजेताले खेल्नेछ । १३–१३ म्याचबाट समान १४–१४ अंक जोडेका बैंगलौर र दिल्लीबीच सोमबार अबुधाबीस्थित जायद क्रिकेट रंगशालामा प्रतिस्पर्धा हुँदैछ ।

तीन स्थानका लागि ६ टिमको प्रतिस्पर्धा

नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण दर्शकविहीन रंगशालामा खेलाइएको आईपीएलको ५२ औं म्याच सकिँदासम्म प्लेअफमा पुग्ने चारमध्ये तीन टीमको अझै टुङ्गो लाग्न सकेको छैन । मुम्बई क्वालिफायरमै पुगेको छ भने महेन्द्र सिंह धोनीले नेतृत्व गरेको चेन्नाई सुपर किंग्स प्लेअफ दौडबाट बाहिरीसकेको छ ।

एक–एक म्याच खेल्न बाँकी रहेको बैंगलौर, दिल्ली, सनराइजर्स हैदरावाद, किंग्स इलाभेन पञ्जाब, राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्सको प्लेअफ छनौट सम्भावना जीवित छ । हैदरावाद, पञ्जाब, राजस्थान र कोलकाताको समान १२–१२ अंक छ ।

नेट रन रेट राम्रो रहेको हैदरावादले प्लेअफ सम्भावना जीवित राख्न शीर्षस्थानको मुम्बईलाई पराजित गर्नुपर्नेछ ।

पञ्जाबको भाग्य आइतबार हुने चेन्नाईसँगको खेलपछि तय हुनेछ । आइतबार नै हुने राजस्थान र कोलकाताबीचको विजेताको प्लेअफ सम्भावना जीवित रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment