+
+
Shares

उर्लाबारीमा अर्धनग्न अवस्थामा महिलाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १६ गते १६:३९

१६ कात्तिक, विराटनगर । मोरङको उर्लाबारीमा नग्न अवस्थामा महिलाको शव फेला परेको छ । शनिबार राति पूर्व पश्चिम राजमार्गको उर्लाबारी खण्डमा अर्धनग्न अवस्थामा महिलाको शव भेटिएको हो ।

बेलुका करिब ८ बजे राजमार्गमा फेला परेको शवमा भित्री बस्त्र मात्र रहेको प्रहरीले बताएको छ । मृतकको पहिचान भएको छैन् ।

रातको अवस्थामा फेला परेको शवको पहिचान गर्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक उद्धव पोखरेलले जानकारी दिए ।

उनका अनुसार ती महलिाको मृत्यु दुर्घटनामा भएको हो । अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने महिलाको शव सडकमा केही मिटर घिसारिएको अवस्थामा भेटिएको उनले बताए ।

‘राति गाडीमा कपडा अल्झिएका कारण दुर्घटना भएको हुनसक्छ’ उनले भने ‘राति गस्तीमा गएको टोलीले शव फेला पारेको हो । अनुसन्धान जारी छ, गाडीको पहिचान भएपछि सबै विषय खुल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?