Comments Add Comment

राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन

१७ कात्तिक, बुटवल । राजसंस्था पुनःस्थापनको माग गर्दै सोमबार रुपन्देहीमा र्‍याली प्रदर्शन गरिएको छ । वीर गोर्खाली अभियानको आयोजनामा ‘देश र श्रीपेचको रक्षा’ कोे लागि भन्दै रूपन्देहीमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन भएको हो ।

राष्ट्रिय झण्डा र पूर्व राजा-रानी ज्ञानेन्द्र-कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर तिलोत्तमाको मणिग्रामबाट बुटवलको ट्राफिक चोकसम्म र्‍याली निकालिएको हो ।

र्‍यालीमा करिब २ हजार मोटरसाइकल सहभागी रहेका आयोजकको दाबी छ । गणतन्त्र स्थापनापछि रुपन्देहीमा राजसंस्थाको पक्षमा भएको यो प्रदर्शन अहिलेसम्मकै ठूलो भएको बुटवल रामार्ग चौराहाका बासिन्दा कृष्ण श्रेष्ठले बताए ।

र्‍यालीपछि ट्राफिकचोकमा भएको कोणसभामा बोल्दै कार्यक्रम संयोजक बसन्तविक्रम पाण्डे, रुपन्देही संयोजक प्रवीन थापा, डिल्लीराम खनाललगायतले राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दू राष्ट्र पुनः स्थापना आवश्यक रहेको तर्क गर्दै यसका लागि देशव्यापी अभियान सञ्चालन गरिने बताए ।

उनीहरुले दलको नेतृत्व असफल भएको, राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने दलिल पेस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment