+
+
Shares

गाँजासहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १८ गते १७:२१

१८ कात्तिक, जनकपुरधाम । सिराहा प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १४ बस्ने ३७ वर्षीय बुद्धबहादुर तामाङलाई १० किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

को.९ प. २१९५ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई धनगढीमाई नगरपालिका-१४ भालुटार सखुवाचौरीबाट गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीको टोलीले पक्राउ गरेको सिराहाका प्रहरी प्रबक्ता शालिग्राम शर्माले बताए ।

गाँजासहित पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?