
१९ कात्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् ।
अहिलेसम्म अमेरिकाका ५० मध्ये ३४ राज्यको नतिजा आइसकेको छ । जसमा बाइडनले २०५ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पको पक्षमा १३६ इक्लेक्टोरल भोट परेको छ ।
अहिलेसम्मको मतगणनामा बाइडनले क्यालिफोर्निया, ओरेगन र वासिङटन, नयुयोर्कलगातयका राज्यमा जित हात पारेका छन् ।
त्यस्तै ट्रम्पले पनि मिसिसिपी, मिसौरी, इन्डियाना, वेस्ट भर्जिनियालगायतका राज्यमा जित हात पारेका छन् ।
यो निर्वाचनमा महत्वपूर्ण भूमिका खेल्ने मानिएका टेक्सास, फ्लोरिडा, नर्थ क्यारोलिना, पेन्सिल्भानियालगायत राज्यको नतिजा भने आउन बाँकी छ । यी राज्यमा भने प्रारम्भिक मतगणनामा ट्रम्प अगाडि देखिएका छन् ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4