+
+
Shares

हामीले निर्वाचन जितिसक्यौँ – ट्रम्प

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १९ गते १४:११

१९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सकिएको निर्वाचन आफूले जितिसकेको दाबी गरेका छन् । बुधबार उनले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै आफूले निर्वाचन जितिसकेको दाबी गरेका हुन् ।

उनले धेरै मानिसको मताधिकार खोस्ने प्रयास भइरहेको तर आफूले त्यस्तो हुन नदिने बताएका छन् ।

उनले आफूहरुले टेक्सास, ओहायो र फ्लोरिडामा विपक्षीहरुले जित्न नसक्ने पहिला नै चाल पाइसकेकाले उनीहरु यो मुद्दा अदालतमा लैजाने प्रयासमा रहेको आरोप लगाए ।

उनले नर्थ क्यारोलिनामा आफूले जित हासिल गरिसकेको भन्दै आफ्नो जित घोषणा गर्नुपर्ने माग गरेका छन् । उनले भने, ‘नर्थ क्यारोलियामा हामीले जितिसकेका छौँ । यो एक धोका हो, यो लज्जास्पद छ । हामीले चुनाव जितेका छौँ । हाम्रो लक्ष्य यसलाई लागू गर्नु हो । हामी अमेरिकाको सर्वोच्च अदालतमा जान्छौँ । मतदान सकिएपछि पनि भोट हाल्न दिन सकिँदैन ।’

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?