+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

वीरगञ्जका ५ सामुदायिक विद्यालयलाई मास्क र सेनिटाइजर

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १९ गते १९:३६

१९ कात्तिक, वीरगञ्ज । वीरगञ्जका पाँच वटा सामुदायिक विद्यालयमा माक्स र सेनिटाइजर वितरण गरिएको छ । सांसद प्रदिप यादवले वीरगञ्ज महानगरपालिकाका पाँच वटा सामुदायिक विद्यालयमा मास्क र सेनिटाइजर वितरण गरेका हुन् ।

सांसद यादवले माईस्थान विधापीठ, सुन्दरमल राम कुमार कन्या मावि, त्रिजुद्ध उच्च मावि, नेपाल राष्ट्रिय मावि श्रीपुर र त्रिभुवन हनुमान माविमा उक्त स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

पाँच वटा विद्यालयमा ४ हजार थान मास्क र आधा लिटरका ५/५ बोतल सेनिटाइजर वितरण गरिएको सांसद यादवले जानकारी दिए ।

‘सामुदायिक विद्यालय आंशिक सञ्चालनमा आउन थालेका छन् । महामारीमा सुरक्षा सतर्कता अपनाउन जरुरी छ,’ सांसद यादवले भने, ‘सामुदायिक विद्यालयमा गरिबका छोराछोरी पढ्न आउँछन्, उनीहरुलाई नै लक्षित गरेर माक्स तथा सेनिटाईजर वितरण गर्न सुरु गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?