Comments Add Comment

पाल्पाका दुई जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि

२० कात्तिक, बुटवल । पाल्पाको युनाइटेड मिसन अस्पतालमा मृत्यु भएका दुई पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

तिनाउ गाउँपालिका-६ डुम्रेका ४४ वर्षीय पुरूष र माथागढी गाउँपालिका-२ का ६६ वर्षीय पुरूषको मृत्युपछि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

कात्तिक १८ गते दिउँसो अस्पताल भर्ना भएका डुम्रेका ४४ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय पाल्पाका कोरोना फोकल पर्सन ओमप्रकाश पन्थीका अनुसार उनको कोरोना पोजेटिभ रिपोर्ट बिहीबार बिहान मात्रै आएको हो ।

पन्थीका अनुसार माथागढी गाउँपालिका-२ का ६६ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । कोरोना परीक्षणका लागि उनको स्वाब मंगलबार संकलन गरिएको थियो । बिहीबार मृत्युपछि उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको पन्थीले बताए ।

योसँगै पाल्पामा कोरोना संक्रमितको मृत्यु हुने संख्या १३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment