Comments Add Comment

वुमन्स टी–२० च्यालेन्ज : ट्रेलब्लेजर्सको शानदार जित

२१ कात्तिक काठमाडौं । वुमन्स टी–२० च्यालेन्ज अन्तर्गत बिहीबार भएको खेलमा ट्रेलब्लेजर्सले भेलोसिटीमाथि शानदार जित हात पारेको छ ।

पहिलो खेलमा सुपरनोभालाई पराजित गरेको भेलोसिटीमाथि ट्रेलब्लेजर्सले ९ विकेटको जित हात पारेको हो । आफ्नो पहिलो खेलमा जितपछि ट्रेब्लेजर्सले २ अंक जोडेको छ । २ खेल खेलेको भेलोसिटीको एक जित र एक हारपछि २ अंक नै छ ।

शारजहाँमा भएको खेलमा ४८ रनको सामान्य लक्ष्य ट्रेब्लेजर्सले ७.५ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेको हो । ट्रेलब्लेजर्सको लागि ओपनर डिएनड्रा डोटिनले अविजित २९ रन बनाइन् । यस्तै रिचा घोष १३ रनमा अविजित रहिन् । कप्तान स्मृति मन्धाना ६ रन बनाएर आउट भइन् । सुपरनोभाका लागि लेइघ कास्पेरेकले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भेलोसिटीले १५.१ ओभरमा सबै विकेट गुमाएर ४७ रन मात्र बनाउन सक्यो । भेलोसिटीको लागि तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके । जसमा ओपनर सफाली बर्माले सर्वाधिक १३ रन बनाइन् भने शिखा पाण्डेले १० रन जोडिन् । कास्पेरेक ११ रनमा अविजित रहिन् ।

भेलोसिटीको इनिङ्स ध्वस्त पार्ने क्रममा ट्रेलब्लेजर्सका लागि शोफी एस्सेलेस्टोनले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिइन् । उनले ३.१ ओभरमा १ मेडन राख्दै ९ रन खर्चिन् । यस्तै झुलन गोस्वामी र राजेश्वरी गायकवार्डले २–२ विकेट लिइन् ।

राउण्ड रोबिन लिग अन्तर्गत अन्तिम खेलमा शनिबार ट्रेलब्लेजर्स र सुपरनोभाबीच खेल हुनेछ । लिगको शीर्ष दुई टिमले सोमबार फाइनल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment