+
+
Shares

आमिरको चलचित्रमा साहरुख खान

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २४ गते १८:४८

नायक साहरुख खानले २ बर्षदेखि चलचित्रमा काम गरेका छैनन् । साहरुखले यशराज ब्यानरको निर्माणमा बन्न लागेको चलचित्र ‘पठान’मा काम गर्न लागेको चर्चा छ । तर, यसको आधिकारिक घोषणा भने भएको छैन ।

यसैविच, साहरुखले २ वटा चलचित्रमा केमियो भूमिका निर्वाहा गरिसकेका छन् । उनै, साहरुखको विशेष भूमिका नायक आमिर खानले काम गरिरहेको चलचित्र ‘लाल सिंह चड्डा’मा रहने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

आमिरको यो चलचित्रको छायांकन भैरहेको छ । कोरोनाका कारण यो चलचित्र यो बर्षको क्रिसमसमा रिलिज नहुने पक्का भैसकेको छ ।

यो चलचित्रको छायांकन दिल्लीमा भैरहेको छ । साहरुख आफ्नो भूमिकाको छायांकनका लागि दिल्ली जाने बताइएको छ । साहरुखको दृश्यलाई आमिर आफैले निर्देशन गर्नेछन् ।

साहरुखले नायक सलमान खानको चलचित्र ‘ट्यूबलाइट’मा पनि केमियो भूमिका निर्वाहा गरेका थिए । बलिउडमा अहिले ३ खानको मित्रता बलियो बनिरहेको छ । सलमान खानले साहरुख खानले अभिनय गर्न लागेको चलचित्र ‘पठान’मा विशेष भूमिका गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?