Comments Add Comment

सरकारले जनताको जीउधनको सुरक्षा गर्न सकेन : उपेन्द्र यादव

२५ कात्तिक, जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले जनताको जीउधनको सुरक्षा गर्न नसकेको आरोप लगाएका छन् ।

पार्टी निकट युवा संघले मंगलबार जनकपुरधाममा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकले कोरोना महामारी झेलिरहेको समयमा सरकारको मुख्य कर्तव्य जनताको ज्यानको सुरक्षा हुनुपर्नेमा सरकार त्यसबाट बिमुख भएको बताए ।

जनताप्रति ध्यान दिनुपर्नेमा सरकार अन्य चलखेलमा लागेको बताउँदै अध्यक्ष यादवले यो मुलुकका लागि दुर्भाग्य रहेको बताए ।

संघीय सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उनले संविधानले अपरवर्तनीय रुपमा राखेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सरकारले चुनौैती दिने प्रयास गरेको बताए ।

‘आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै विभेदरहित समृद्ध मुलुकको निर्माणका लागि जसपाको गठन भएको छ’ उनले भने, ‘हाम्रो पार्टी सरकारविरुद्व हरेक मोर्चामा लड्न तयार छ ।’

शिक्षित र सक्षम युृवालाई नेतृत्व गर्ने समय आइसकेको बताउँदै अध्यक्ष यादवले देशको विकास र समृद्धिको लागि शिक्षित र सक्षम युवाहरुलाई अगाडि आउन आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment