Comments Add Comment

कोएमनले भने- मेसी उत्कृष्ट खेलाडी हुन्

२६ कात्तिक, काठमाडौं । अर्जेन्टाइन खेलाडी लिओनल मेसीले यस सिजन ला लिगामा बार्सिलोनाका लागि ओपन प्लेमा एक गोल मात्र गरेका छन् । तर बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएमन मेसीसहितको बार्सिलोना अहिले पनि उत्कृष्ट रहेको दाबी गरेका छन् ।

कोएमले मेसी विश्वको सर्वश्रेष्ठ फुटबलर रहेको भन्दै जब उनी टोलीमा हुन्छन् बार्सिलोनालाई राम्रो टीम बनाउँछन् भनेका छन् ।

सन् २०१९ सेप्टेम्बर पछि मेसी ला लिगामा पहिलो पटक शनिबार रियल बेटिस विरुद्धको खेल वैकल्पिक सूचीमा थिए । क्याम्प नोउमा भएको उक्त खेल बार्सिलोनाले ५-२ ले जित्यो ।

त्यसअघिको ६ लिग खेलमा मेसीले ओपन प्लेमा गोल गर्न सकेका थिएनन् । कोएमनले मेसीलाई ड्रप गरेको भन्न चाहेनन् ।

मेसीले त्यही खेलमा ओपन प्ले गोलको खडेरी तोडे । दोस्रो हाफमा मैदान प्रवेश गरेका मेसीले पहिलो गोल पेनाल्टीमा गरे । जुन सबैखाले प्रतियोगितामा गरेर उनको पाँचौ पेनाल्टी गोल थियो ।

कोएमन ३३ वर्षीय फरवार्डप्रति पूर्ण विश्वस्त छन्, जो पछिल्लो सिजनको अनमा क्लबबाट टाढा सर्ने प्रयासमा असफल भयो।

‘क्लबमा आफ्नो समस्या भए पनि मेसी खेलहरू जित्ने र उत्तम रहन चाहन्छन्,’ कोएमनले स्पोर्टलाई भने, ‘बार्सिलोना मेसीविना भन्दा मेसीसहित राम्रो टीम हो । जब म त्यहाँ पुगेँ, तिनीहरूले मलाई मेसी दु:खी भएको कुरा बताए ।’

‘हामी उसको घरमा कुरा गरेका थियौं र उनले मलाई आफ्ना कारणहरू बुझाए । म इमान्दार थिएँ । मैले उनलाई भने कि एउटै कुरा भनेको सिस्टम, मैदानमा उसको स्थान, टोलीमा उसको महत्व । तर क्लबसँग उनले सामना गरेका समस्याहरू म परिवर्तन गर्न सक्दिन । पहिलो दिनदेखि नै मैले यही कुरा भनेको छु । उनी उत्कृष्ट खेलाडी हुन् र क्लबप्रति प्रतिबद्ध छन् ।’

‘यस सिजनमा उनीसँग आफ्ना मुद्दाहरू थिए, उनको समस्याहरू छन्, तर उनी प्रशिक्षणमा फर्किए पछि धेरै राम्रो भएको छ ।’

‘केही खेलहरुमा उनी अभागी भए र उनले सामान्य प्रदर्शन दिन सकेको छैन, तर म विश्वस्त छु कि सिजनको अन्त्यमा उसले सामान्य गोलहरू गरिसकेको हुनेछ ।’

कोएमनले २०२०-२१ को सिजन अघि बार्सिलोनाको प्रक्षिकको रुपमा किके सेटिएनलाई प्रतिस्थापन गरे । उनको प्रशिक्षणमा ला लिगाको सुरुवाती ६ खेलपछि बार्सिलोनाले संयुक्त रुपमा सबैभन्दा खराब सुरुवात गरेको छ ।

तर नेदरल्याण्ड्सका पूर्व प्रशिक्षकले आफ्नो टोलीको सुरुवाती संघर्षलाई रेफ्रीको कमजोर निर्णय भनेका छन् र मैदानमा सकरात्मक परिवर्तन हुनेमा विश्वस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment