
२६ कात्तिक, काठमाडौं । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा पक्राउ परेका छन् । बाउन्स चेक दिएको उजुरी परेपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
थापाविरुद्ध झविन्द्र बन्जाडेले चेक बाउन्ससम्बन्धी उजुरी दिएका थिए । करिब डेढ महिनाअघि थापाले आफूलाई दिएको एक करोड रुपैयाँको चेक बाउन्स भएको उनको जिकिर छ ।
थापाले विद्युतीय बस ल्याउने भनी धेरै व्यक्तिसँग रकम संकलन गरेको गुनासो आएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4