+
+
Shares

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमामा २ वटा भेन्टिलेटर थपियो

रासस रासस
२०७७ कात्तिक २७ गते १६:४४

२७ कात्तिक, कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भेन्टिलेटरको सङ्ख्या ८ पुगेको छ । यसअघि प्रतिष्ठानमा भेन्टिलेटरको सङ्ख्या ६ थियो ।

बुधबार हेल्थ केयर डिपार्टमेन्ट काठमाडौँले दुई थान भेन्टिलेटर सहयोग गरेसँगै अब भेन्टिलेटरको सङ्ख्या ८ पुगेको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मङ्गल रावलले जानकारी दिए ।

‘प्रतिष्ठानमा हाल १० वटा आईसीयूको व्यवस्था छ’, निर्देशक डा रावलले भने, ‘यद्यपि अहिलेसम्म अन्य रोग बाहेक कोरोना सङ्क्रमितलाई जुम्लामा आईसीयू तथा भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आइपुगेको छैन ।’

कोरोना सङ्क्रमितलाई आईसीयू तथा भेन्टिलेटरमा पुग्न नपरोस् भन्ने मर्मका साथ सचेतना तथा उपचारमा विशेष जोड दिइएको उनले बताए । हाल जुम्लामा ३४६ जना सङ्क्रमित रहेको जनाइएको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?