
२७ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकटका सचिवालय नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
शुक्रबार सचिवालय बैठक बोलाएपछि प्रचण्डले बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका हुन् । भेटवार्ताको क्रममा सचिवालय बैठकबारे कुराकानी भएको स्रोतले जनाएको छ ।
प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकको माग गर्दै आएका थिए । पाँच नेताले बैठक माग गर्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित पत्र नै बुझाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4