Comments Add Comment

नितिशकुमारले मुख्यमन्त्री पदको शपथ भोलि लिने

३० कात्तिक, काठमाडौं । भारतको जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले सोमबार विहारको मुख्यमन्त्रीको रुपमा शपथ लिने भएका छन् ।

आइतबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को बैठकले नितिशकुमारलाई नै विधायक दलको नेताको रुपमा चयन गरेको हो । यससँगै उनले आइतबार बिहारका राज्यपालसँग भेटवार्ता गरेका छन् ।

एनडीएको नेतामा चुनिएसँगै उनले आफू मुख्यमन्त्री बन्न नचाहेको तर गठबन्धनको प्रमुख घटक भारतीय जनता पार्टीका नेताहरुको आग्रहमा पुनः मुख्यमन्त्रीको शपथ लिन गइरहेको बताएका थिए । उनले भने, ‘एनडीएको बैठकले मलाई फेरि एकपटक आफ्नो नेता चयन गरेको छ । महामहिम राजयपाललाई हामीले पत्र पठाएका छौँ । उहाँले पत्र स्वीकार गर्दै मलाई मुख्यमन्त्रीको रुपमा मनोनित गर्नुभएको छ । भोलि कस–कसले शपथ लिनेछन् भन्ने कुराको निर्णय हुन बाँकी छ ।’

सोमबार उनले सातौंपटक बिहारको मुख्यमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् । यद्यपि बिहारको उप मुख्यमन्त्रीको भने अझै टुङ्गो लागेको छैन । बिहारमा भारतीय जनता पार्टीका अध्यक्ष सुशील मोदी उपमुख्यमन्त्री बन्न लागेका हुन् ? भन्ने प्रश्नमा भाजपाका नेताहरुले उचित समयमा यसको उत्तर दिने बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

‘राम सेतु’मा अक्षय

Advertisment