Comments Add Comment

सुआरेजलाई कोरोना संक्रमण, ब्राजिल र बार्सिलोनाविरुद्ध खेल गुमाउने

२ मंसिर, काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट खेल्ने उरुग्वेली फरवार्ड लुइस सुआरेजलाई कोरोना संम्रकण भएको छ । सोमबार उनलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट भएको हो ।

संक्रमित भएपछि सुआरेजले अब उरुग्वे र एट्लेटिको मड्रिडबाट हुने मुख्य खेल गुमाउने भएका छन् । यही साता विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत ब्राजिलविरुद्ध हुने खेल उनले गुमाउने छन् । साथै ला लिगामा बार्सिलोनाविरुद्ध हुने खेल पनि सुआरेजले गुमाउने पक्का छ ।

मातिस भिनालाई कोरोना संक्रमण देखिएपछि उरुग्वेले अरु खेलाडीको परीक्षण गराउँदा सोमबार सुआरेजमा पनि कोरोना सं‌क्रमण पुष्टि भएको हो । एट्लेटिकोबाटै खेल्ने उरुग्वेका लुकास टोरेइराको रिपोर्ट नेगेटिभ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment