Comments Add Comment

जर्मनीको पोष्टमा ६ गोल गर्दै स्पेन सेमिफाइनलमा

३ मंसिर, काठमाडौं । फेरान टोरेसले करियरको पहिलो ह्याट्रिक गरेपछि स्पेनले नेसन्स लिगमा जर्मनीलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ । सेमिफाइनल पुग्न जित्नैपर्ने खेलमा स्पेनले शानदार जित हात पारेको हो ।

जितपछि समूह ए चारबाट स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । ६ खेलबाट स्पेनले ११ अंक जोड्दा जर्मनीले ९ अंक जोड्यो । अन्तिम खेलमा जर्मनीलाई बराबरी नै पर्याप्त थियो तर फराकिलो हारपछि जर्मनी समूह चरणबाटै बाहिरिएको हो ।

स्पेनका लागि फेरान टोरेसले खेलको ३३औं ५५औं र ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यस्तै अल्भारो मोराटा, रोड्री र मिकेल ओयाजबालले एक-एक गोल गरे ।

यसै समूहको स्वीट्जरल्याण्ड र युक्रेनबीचको खेल ने रद्ध भएको छ ।

फ्रान्स र पोर्चुगल विजयी

यसैगरी समूह ए तीन अन्तर्गत अन्तिम दुई खेलमा फ्रान्स र पोर्चुगल विजयी भएका छन् । यसअघि नै समूह विजेता बनिसकेको फ्रान्सले स्वीडेनलाई ४-२ ले हरायो । जितपछि फ्रान्स १६ अंक जोड्दै समूह विजेता बन्दा स्वीडेन रेलिगेसनमा परेको छ । खेलमा स्वीडेनले पहिले अग्रता लिएपनि ओलिभर जिरुडले दुई गोल गरेपछि फ्रान्सले पुनरागमन गर्‍यो ।

भिक्टोर क्लासेनले खेलको चौथो मिनेटमै गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा जिरुडले फ्रान्सका लागि बराबरी गोल फर्काए । ३६औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै फ्रान्सलाई अगरता दिलाए ।

जिरुडले ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ३-१ को अग्रता बनायो । ८८औं मिनेटमा स्डेन रोविन क्वाइसनले गोल गर्दै गोलअन्तर कम पार्ने प्रयास गरेपनि ढिला भयो । फ्रान्सका लागि किंगसले कोमनले यन्जुरी टाइममा गोल गर्दै ४-२ को जित दिलाए ।

उता रुवेन डियासले दुई गोल गरेपछि पोर्गुचलले १० खेलाडीमा रहेर खेलको अन्तय गरेको क्रोएसिया विरुद्ध ३-२ को पुनरागमन जित हात पारेको छ । पोर्गुलका लागि जाओ फेलिकसले एक गोल गरे । क्रोउसियाका लागि दुवै गोल माटियो कोभासिसले गरे ।

५१औं मिनेटमा क्रोएसियाका मार्को रोग रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment