Comments Add Comment

कालिज मार्न भरूवा बन्दुक पड्काउँदा एकजनाको मृत्यु

३ मंसिर, काठमाडौं । दाङमा कालिज मार्न भरूवा बन्दुक पड्काउँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका–२ टाकुरेका स्थानीय ४१ वर्षीय भोजबहादुर घर्ती रहेका छन् ।

प्रहरीका अनुसार सोही ठाउँ बस्ने ३९ वर्षीय टोपबहादुर घर्तीले कालिज मार्नका लागि मंगलबार राति भरूवा बन्दुक पड्काएका थिए । तर भोजबहादुरलाई लाग्न पुग्दा उनको घट्ना स्थलमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरी टोलीले उक्त हतियारसहित टोपबहादुरलाई पक्राउ गरेको हो । टोपबहादुरलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment