+
+

चुलु हिमालमा मनाइयो लक्ष्मीप्रसाद देवकोटा र रमेश विकलको जन्मजयन्ती

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३ गते १५:११

काठमाडौं । मनाङ जिल्लाको ६ हजार ५ सय ८४ मिटर अग्लो चुलु इष्ट हिमालको चुचुरोमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र आख्यानकार रमेश विकलको जन्मजयन्ती मनाइएको छ ।

प्रथम साहित्यिक हिमाल आरोही साहित्यकार लक्ष्मण सापकोटा र उद्धव थापाको टोलीले कार्तिक २७ गते बिहान ११ बजे चुचुरोमा पुगी फोटो प्रदर्शनीसहित कविता वाचन गरेर साहित्यकारको जन्मजयन्ती मनाएको हो ।

काभ्रेपलाञ्चोक पनौतीका सापकोटा र थापाको टोलीले साहित्यकारको फोटो चुलु हिमालको चुचरोमा पुर्‍याएर त्यहीँ कविता वाचन गरेको थियो । यसअघि इम्जात्से हिमालको आरोहण गरिसकेका सापकोटाले साहित्यिक कीर्तिमानका लागि नौला कार्य गर्दै आएका छन् ।

सापकोटाले विगत पाँच वर्षदेखि साहित्यकारको फोटो र कृतिसहित सगरमाथा आरोहण गर्ने तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?