+
+
Shares

अजय र अमिताभसँग काम गर्दै राकुल

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ४ गते १०:३५

केही समय अगाडि बलिउड नायिका राकुल प्रित सिंह ड्रग्सको मुद्दामा एनसीबीको घेरामा परिन् । उनलाई एनसीबीले सोधपुछ पनि गरेको थियो । तर, यसपछि भने यो मुद्दा सेलाएको छ । राकुल आफ्नो काममा फर्किएकी छिन् ।

साउथ चलचित्रकी यी सुन्दरी बलिउडमा पनि स्थापित हुने दौडमा छिन् । उनै, राकुलले अब नायक अमिताभ बच्चन र अजय देवगणसँग काम गर्ने पक्का भएको छ ।

अजय देवगणको निर्देशनमा चलचित्र ‘मइड’ बन्दैछ । यो चलचित्रमा नायिका राकुलले काम गर्ने पक्का भएको हो । यो चलचित्रमा उनी पाइलटको भूमिकामा देखिदैछन् । चलचित्र ‘दे दे प्यार दे’मा काम गरेपछि अजय र राकुलले फेरि पर्दा शेयर गर्न लागेका हुन् ।

तर, राकुलले नायक अमिताभ बच्चनसँग भने पहिलो पटक काम गर्न लागेकी हुन् । राकुलले भारतीय मिडियासँग प्रतिक्रिया दिदै भनेकी छिन्–‘मैले अजय सरसँग पहिलो पनि काम गरिसकेकी छु र यो चलचित्रमा काम गर्न पाउँदा उत्साहित छु । तर, मेरो बच्चादेखिकै सपना नायक अमिताभ बच्चनसँग काम गर्ने थियो । अब, उनीसँग काम गर्ने मेरो सपना पुरा भएको छ ।’

यो चलचित्रको छायांकन राकुलले डिसेम्बरबाट सुरु गर्नेछिन् । चलचित्रको छायांकन हैदराबादमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?