+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौँको न्यूनतम तापक्रम यसवर्षकै कम

रासस रासस
२०७७ मंसिर ४ गते १३:३७

४ मङ्सिर, काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ ।

बिहीबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । “तापक्रम घट्ने क्रममा छ । अब चिसो क्रमशः बढ्दै जान्छ”, मौसमविद् अर्यालले भने ।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ । मौसमविद्का अनुसार पानी पर्‍यो भने अझै जाडो बढ्छ । तत्काललाई पानी पर्ने सम्भावना भने नभएको मौसमविदहरुले बताएका छन् । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्नुका साथै तराईका भूभागमा बिहान दृश्यको प्रष्टतामा कमी भई सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव छ डिग्री र अधिकतम तापक्रम २२ दशमलव तीन डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव पाँच डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री सेल्सियस छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?