+
+
Shares

छठ पर्वमा राष्ट्रपति काठमाडौंका जलासयमा नजाने

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ४ गते १६:३४
फाइल तस्वीर

४ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी यस वर्ष काठमाडौंको जलासयमा छठ पर्वको अवलोकन गर्न नजाने भएकी छन् ।

गत वर्षसम्म उनी छठ पर्वको अवसरमा गुह्वेश्वरी–गौरीघाट र कमलपोखरी आदि जलासयमा छठ पर्व मनाएको अवलोकन गर्न जाने गरेकी थिइन् ।

यसपटक कोरोना भाइरसको महामारीका कारण उक्त कार्यक्रममा राष्ट्रपति सहभागी नहुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

काठमाडौंमा बसोबास गर्ने तराई÷मधेसका वासिन्दाले यहीँको गौरीघाट, बागमती, कमलपोखरीलगायतका जलासयमा भेला भई अस्ताउँदो सूर्यलाई अघ्र्य दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?