Comments Add Comment

सुर्खेतमा बालकलाई मोटरसाइकलले ठक्कर दिएर भागेका दुई जना पक्राउ

४ मंसिर, सुर्खेत । सुर्खेतमा मंगलबार तीन वर्षीय बालकलाई मोटरसाइकलले ठक्कर दिएर भागेका दुईजना पक्राउ परेका छन । बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा माटरसाइकल चालक वीरेन्द्रनगर–५, चिसापानीका जीवन चौहान मगर र मोटरसाइकलको पछाडी बसेका नवीन भनिने अमर सलामी मगर छन् । कात्तिक २ गते जिल्ला प्रहरी कार्यालय अगाडिको बाटोमा उनीहरु सवार मोटरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर–१ का ३ वर्षीय बालक समीर नेपालीको मृत्यु भएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका समीरलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

लु. ६२ प ७००३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएर पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्र प्रसाद भट्टले बताए ।

बालकका आफन्तले पीडकलाई पक्राउ गर्न माग गर्दै बुधबार वीरेन्द्रनगरको जुम्ला रोडमा प्रर्दशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment