+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

आन्तरिक राजस्व कार्यालय बागलुङ ‘वर्षको उत्कृष्ट कर कार्यालय’

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ७ गते १८:१६

७ मंसिर, काठमाडौं । आन्तरिक राजस्व कार्यालय बागलुङ आर्थिक वर्ष २०७६/७७ को उत्कृष्ट कर कार्यालय घोषित भएको छ । आन्तरिक राजस्व कार्यालयले देशभरका कार्य सम्पादन सम्झौता, राजस्व लक्ष्य तथा कार्य सम्पादन परिसूचकका आधारमा उत्कृष्ट कर कार्यालयको घोषणा गरेको हो ।

विभागका अनुसार यो सूचीको पहिलो स्थानमा बागलुङ रहृयो । दोस्रो स्थानमा आन्तरिक राजस्व कार्यालय सिमरा रहेको छ । तेस्रो स्थानमा भने आन्तरिक राजस्व कार्यालय धुलिखेल रहेको विभागले जानकारी दिएको छ । यी कार्यालयले ए ग्रेड प्राप्त गरेका छन् । विभागले  कर दिवसको अवसरमा उत्कृष्ट १० कर्मचारी समेत घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा उत्कष्ट कार्यसम्पादन गर्ने विभागका निर्देशक शालिकराम आचार्य, आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत हेमराज सुवेदी, आन्तरिक राजस्व विभागका शाखा अधिकृत आनन्दराम श्रेष्ठ, ठूला करदाता कार्यालयका कर अधिकृत सुरेन्द्रराज घिमिरेलाई पुरस्कृत गरेको छ ।

यसैगरी ठूला करदाता कार्यालयका कम्प्यूटर अधिकृत ललितप्रसाद श्रेष्ठ, मध्यमस्तरीय करदाता कार्यालयका कर अधिकृत कुमारी संैजु, आन्तरिक राजस्व कार्यालय सिमराका कर अधिकृत यादव खड्का, आन्तरिक राजस्व कार्यालय धुलिखेलका कर अधिकृत रामकुमार श्रेष्ठ, आराका महेन्द्रनगरका कर अधिकृत टंक भुसाल र आराका भैरहवाका नासु कुमुस श्रेष्ठलाई समेत उत्कृष्ट कर्मचारी घोषणा गरिएको छ । विभागले ९ औं राष्ट्रिय कर दिवसको सन्दर्भ पारेर आज उत्कृष्ट कार्यालय, कर्मचारी र करदाता घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?