+
+
Shares

काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिए

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ७ गते १८:४९

७ मंसिर, काठमाडौं । काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । काठमाडौंमा काली पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई गएका छन् ।

काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । दाहाल र पाण्डे दुवैले एक वर्ष कार्यअवधि पूरा गरेपछि सरुवा गरिएको गृहका एक अधिकारीले बताए ।

काठमाडौका नयाँ सीडीओ पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए भने भक्तपुरका सीडीओ भट्टराई धनुषामा प्रमुख जिल्ला अधिकारी थिए । धनुषामा बन्धु बाँस्तोलालाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?