Comments Add Comment

३६ दिनदेखि वीर अस्पतालका कर्मचारी आन्दोलनमा

८ मंसिर, काठमाडौं । कोभिड जोखिम भत्ता उपलब्ध नगराएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मीहरुले ३६ दिनदेखि आन्दोलन गरिरहेका छन् ।

औषधि खरिद भत्ता,सेवा विस्तार भत्ता कोभिड जोखिम भत्ता उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ । ३६ दिनयता आन्दोलनरत स्वास्थ्यकर्मी र अस्पताल व्यावस्थापनबीच पटक पटक छलफल भएपनि कुनै निर्णय भएको छैन् ।

स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्य माग पुरा नभए अझै कडा आन्दोलन हुने बताउँछन् । यसअघि आन्दोलनरत कर्मचारीले अस्पतालका पधाधिकारीहरुको बाटो छेक्कने काम गरेका थिए ।

तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment