
वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले २०७६ सालमा स्थापना एक्सपर्ट मिसन क्लबअन्र्तगत रही कार्य गर्ने २०० निर्माणकर्मीलाई उपहार प्रदान गरेको छ।
विभिन्न क्षेत्रका निर्माणकर्मीलाई ३२ इन्चको टीभी, मोबाइल, भाइब्रेटर, भ्याकुमक्लिनर र सेफटी टुल्स किट उपहार वितरण गरिएको वृज सिमेन्टका सेल्स म्यानेजर निरज सिंहले जानकारी दिए। वृज सिमेन्टले निर्माण क्षेत्रमा कार्यरत कामदारको हौसला र सुरक्षाका लागि विगत वर्षदेखि यो योजना कार्यान्वयनमा ल्याएको हो।
यस एक्सपर्ट मिसन क्लबले नेपालभर रहेका निर्माण कर्मीहरुलाई एकताबद्ध गराई उनीहरुको हौसला र सुरक्षाका लागि कार्य गर्दछ। वृज सिमेन्टले यसमा हातेमालो गर्दै आइरहेको छ। यसलाई निरन्तर रुपमा अगाडि लैजाने योजना रहेको कम्पनीले जनाएको छ।
वृज सिमेन्ट आईएसओ ९००१:२०१५ बाट प्रमाणित छ। यसका उत्पादनहरु वृज सिमेन्टका पीपीसी ब्रान्डहरु एनएस ३८५, वृज सिमेन्टका ओपीसी ब्रान्डहरु एनएस ४९ र पीएससी एनएस ३८४ बवाट प्रमाणित भइसकेका छन्।
कम्पनीले साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) मा वृज सुपर प्रिमियम उत्पादन गर्दछ भने पोर्टल्यान्ड पोज्जोलना सिमेन्ट (पीपीसी) अन्तर्गत वृज सिमेन्ट र पोर्टल्यान्ड स्लयाग सिमेन्ट (पीएसीसी) अन्तर्गत वृज सुपर पावर ब्रान्ड उत्पादन गर्दछ।
प्रतिक्रिया 4