Comments Add Comment

वीरगञ्जमा पेस्तोल र गोलीसहित एक जना पक्राउ

९ मंसिर, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । सर्लाहीको बलरा नगरपालिका– १० सुदामा घर भई वीरगञ्ज– ११ दुर्गा टोल बस्ने ४९ वर्षीय जितेन्द्र प्रसाद सिंह पक्राउ परेका हुन् ।

सिंहले आफ्नो घरमा अवैध हात–हतियार लुकाइ छिपाइ राखेको सूचनाको आधारमा साँझ ७ बजे वडा प्रहरी कार्यालय, विर्ताका प्रहरी निरीक्षक राजेशराज पुरी र श्रीपुरका प्रहरी निरीक्षक दिपककुमार शाहको संयुक्त टोलीले खनतलासीपछि सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

स्टिल दराजको सेफ बक्सभित्र ७ दशमलब ६५ एमएमको ४ राउण्ड गोली म्यागेजिनमा लोड गरी राखेको अवस्थामा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

उनको कोठाबाट मानिसलाई बेहोस पार्ने एनेस्थेटिक औषधिको एउटा बोतलसमेत बरामद भएकोे छ । सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर अनुसन्धान थालिएको कुँवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment