Comments Add Comment

भारतमा थप ४३ चिनियाँ मोबाइल एपमा प्रतिबन्ध

१० मंसिर, काठमाडौं । भारतले मंगलबार थप ४३ मोबाइल एपमाथि प्रतिबन्धको निर्णय गरेको छ । अहिले प्रतिबन्ध लगाइएका एपमा अधिकांश चिनियाँ एप छन् । अहिले प्रतिबन्ध लगाइएका एपहरुमा अलिबाबा कम्पनीको ई–कमर्स एप अलिएक्सप्रेसलगायतका एपहरु छन् । त्यस्तै केही डेटिङ एपहरुमा पनि प्रतिबन्ध लगाइएको छ । भारतको प्रविधि मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त एपहरुबाट भारतको सम्प्रभुता तथा अखण्डतामा जोखिम उत्पन्न हुने बताएको छ ।

भारतले यसअघि नै १७० मोबाइल एपहरुमा प्रतिबन्ध लगाइसकेको छ । भारतले उक्त एपहरुले प्रयोगकर्ताको विवरणहरु चोरी गर्ने र भारतविरुद्ध यसको प्रयोग हुन सक्ने भन्दै उक्त एपमाथि प्रतिबन्ध लगाइएको बताएको छ । गत जुनमा भारतको लद्दाखस्थित चिनियाँ सीमाक्षेत्रमा देखिएको विवादपछि भारतले चिनियाँ एपमाथि प्रतिबन्ध बढाउँदै आएको छ । दुई मुलुकबीच सीमाक्षेत्रमा शान्ति स्थापना गर्ने सहमति भइसकेको भए पनि उनीहरुबीचको तनाव भने कम भएको छैन ।

भारतमा लगाइएको प्रतिबन्धबारे भारतस्थित चिनियाँ दूतावासले यो कदमको कडा विरोध गरेको छ । अलिबाबाले भने अहिलेसम्म यस विषयमा आधिकारिकरुपमा कुनै जानकारी दिएको छैन ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment