Comments Add Comment

संयुक्त राष्ट्रसंघद्वारा बर्दिवास घटनाको भर्त्सना

११ मंसिर, काठमाडौं । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयले महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको वलात्कार भएको घटनाको भर्त्सना गरेको छ ।

राष्ट्रसंघले विहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै तत्काल सबै कानुनी प्रक्रिया अबलम्बन गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । सो घटना घरेलु हिंसा विरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा भएको भन्दै राष्ट्रसंघले यस्ता घटनालाई रोकथाम गर्नुपर्ने र हिंसाका घटनालाई सम्बोधन गर्न माग गरेको छ ।

उसले कुनै घटना हुने वित्तिकै आवश्यक प्रक्रिया थाल्न र दोषीलाई कारबाहीको प्रत्याभूति गर्न माग गरेको छ ।

राष्ट्रसंघले यस्ता घटनाको रोकथाम गर्न सकिने र बर्दिवासकी बालिकालाई न्याय प्रदान गर्न र सबै महिला र बालिकाहरुलाई संरक्षण गर्न आग्रह गरेको छ । राष्ट्रसंघले प्रदर्शनकारी  र प्रहरीलाई उनीहरुको आवाज जिम्मेवारीपूर्वक उठाउन र संयमता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment