+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

उपाय सर्भिसेज र उपाय प्रोफसनल एप सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ११ गते १०:१५

काठमाडौं । उपाय सर्भिसेज लिमिटेडले मंसिर ११ गते देखि सञ्चालनमा आउने गरी आफ्ना सेवाग्राही तथा कम्पनीमा आवद्ध उपाय प्रोफेसनलहरुको सहजताका लागि उपाय सर्भिसेज र उपाय प्रोफेसनल नामक एप संचालनमा ल्याएको छ ।

यी एपहरु गुगल प्ले स्टोर तथा आईओएसको एप स्टोरबाट निस्शुल्क रुपमा डाउनलोड गर्न सकिनेछ । यी एपहरुमार्फत सेवाग्राहीहरुले सहज रुपमा कम्पनीले प्रवाह गर्दै आएको सेवाहरु प्राप्त गर्न तथा कम्पनीमा आबद्ध उपाय प्रोफेसनलहरुले समेत उक्त एपमार्फत थप छिटो र पारदर्शी रुपमा सेवाप्रदान गर्न सक्नेछन् ।

यस किसिमको एप नेपालको लागि पहिलो भएको र यस एपमार्फत सेवा लिँदा सेवाकोबारेमा सम्पूर्ण जानकारी सहज रुपमा सेवाग्राहीले आफ्नो मोवाईलमा नै प्राप्त गर्न सक्ने जानकारी कम्पनीका महाप्रबन्धक राजु केसीले बताए ।

कम्पनीले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गरी तयार गरेको एप डाउनलोड गरेपश्चात सेवाग्राहीहरुले आफुले कम्पनीबाट लिन चाहेको सेवा अनुरोध गर्नुकासाथै सो सेवाको बारेमा इन्फोग्राफिक्स भिडियो मार्फत सम्पूर्ण जानकारी तथा सेवाको कार्य प्रगतिसमेत एपबाटै हेर्न सकिने कुरा कम्पनीका अपरेसन म्यानेजर विजय शर्माले जनाए ।

वर्तमान विज्ञान र प्रविधिको युगमा सबै क्षेत्रमाप्रविधिको प्रयोग बढीरहेको र कानून, लेखा तथा वित्तिय क्षेत्रमा समेत यसको विकास गर्नुपर्ने आवश्यकता महसुस भइ उपाय सर्भिसेज लिमिटेडले यस्तो एपको विकाश गरेको जानकारी कम्पनीका संचालक चार्टड एकाउन्टेन्ट रन्जिव श्रेष्ठले जनाए ।

उपाय सर्भिसेज लिमिटेड कानून, वित्तीयव्यवस्थापन र प्रविधिको क्षेत्रमाअनुभव बटुलेकाव्यवसायिक व्यक्तिहरुद्धारा संचालित एक डिजिटल प्लेटफर्म हो । यस अन्र्तगत नयाँ कम्पनी दर्ता, कम्पनी खारेजी, लेखासँग सम्बन्धित सेवाहरु, ऋण आवेदन तथा नविकरणका लागि आवश्यक कागजात र प्रकृयाको सेवा, वार्षिक विवरण दाखिला, करसँग सम्बन्धित लगायत अन्य विविध सेवाहरु पर्दछन् ।

उपाय सर्भिसेज लिमिटेडले विभिन्न सरकारी निकायहरु जस्तै कम्पनी रजिष्ट्रारको कार्यालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, विभिन्न मालपोत कार्यालयहरु लगायतसँग सहकार्य गरी सरल र सजिलै बुझ्न सकिने किसिमका सूचनामुलक भिडियो सामाग्री निमार्ण कार्य पनि गरिरहेको छ ।

यसका साथै दर्ता भएका व्यवसायले कानूनी रुपमा अनिवार्य रुपमा पालना गर्नुपर्ने कार्यहरु र कर्जा लिनका लागि आवश्यक कागजातको तयारी छिटो छरितो तरिकाबाट गर्नका लागि नविल, प्राईम, कुमारी, लक्ष्मी, एन.आइ.सी एशिया बैंक र साग्रिला, कामना सेवा लगायतका विकास बैंकहरुसँग सहकार्य गरी कार्य गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?