Comments Add Comment

म्याराडोनालाई पेलेको श्रद्धाञ्जली-हामी एकदिन आकाशमा सँगै फुटबल खेल्नेछौँ

११ मंसिर, काठमाडौं । विश्व फुटबलका एक उत्कृष्ट खेलाडी डिएगो अर्मान्डो म्याराडोनाको बुधबार हृदयघातका कारण निधन भयो । म्याराडोना र ब्राजिलियन पेले विश्व पुटबलको सर्वकालीन महान खेलाडी हुन् ।

यी दुई खेलाडी आफ्नो समयमा विश्वकै सर्वश्रेष्ठ खेलाडी थिए । मैदानमा जति राइभलरी भए पनि यी दुईबीच मैत्री भाव थियो र सम्मान पनि थियो ।

आफ्ना समकक्षी लेजेण्ड खेलाडीको निधनमा पेलेले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

‘निश्चय नै एकदिन हामी दुवै सँगै आकाशमा बल खेल्नेछौं, डिएगो । तिमीजस्तो साथी गुमाउनु निकै दु:खदायी क्षण हो,’ पेलेले भनेका छन् ।

पेलेले आफ्नो प्रतिनिधिमार्फत रोएटर्सलाई आफ्नो स्टेटमेन्ट दिएका हुन्। पेलेले सन् १९५८,१९६२ र १९७० मा विश्वकप फुटबलको उपाधि जितेक थिए र उनी यस्तो उपलब्धि हात पार्ने एक्ला खेलाडी हुन् ।

अर्कोतर्फ म्याराडोनाले आफ्नै कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए । दुवै खेलाडीले चर्चित रंगशाला एस्टाडियो अज्टेकामा उपाधि उचालेका थिए ।

म्याराडोनाको निधनप्रति विश्व खेलकुद जगतदेखि अन्य क्षेत्रका विभिन्न व्यक्तिहरुले श्रद्धान्जली व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

कृतीको व्यस्तता

Advertisment