Comments Add Comment

सेफ्टी ट्याङ्कीमा निसास्सिएर २ जनाको मृत्यु

कैलालीमा एक युवकको शव भेटियो

१३ मंसिर, कैलाली । कञ्चनपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–२ महुलियामा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा भीमदत्त नगरपालिका–१८ बस्ने ४० वर्षीय घुमन डगौरा र बेलौरी घर भइ भीमदत्त नगरपालिका–४ बस्ने ३५ वर्षीय गणेश रानाको मृत्यु भएको हो ।

सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा शुक्रबार राति निसासियर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि उनीहरुको शव राति नै निकालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

कैलालीमा एक युवकको शव भेटियो

यसैबीच कैलालीमा एक युवकको शव फेला परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा अन्दाजी १८ वर्षीय दीपक रानाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

‘रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले भने, ‘हामी थप अनुसन्धान गर्दै छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment