Comments Add Comment

पोखरा पर्यटन परिषदको अधयक्षमा भट्टराई निर्वाचित

१३ मंसिर, पोखरा । पोखरा पर्यटन परिषदले नयाँ नेतृत्व पाएको छ । शुक्रबार भएको ११ औं अधिवेशनले गोपी भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

परिषदको उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काˆले चयन भएका छन् । सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भए । बाँकी २ सदस्य कार्यसमितिको बैठकले चयन गर्ने प्रावधान छ ।

यसअघि चिरञ्जीवी पोखरेल परिषदको अध्यक्ष थिए । परिषद पर्यटनसँग सम्बन्धित ६ वटा संस्थाको छाता संगठन हो । अध्यक्ष निर्वाचित भएपछि भट्टराईले परिषदलाई पर्यटनको साझा संस्था बनाउने प्रतिवद्धता जनाए ।

‘पोखराको पर्यटन क्षेत्रको प्रवर्द्धन, व्यावसायिक हित र समस्या समाधानका लागि परिषदले काम गर्नेछ,’ अध्यक्ष भट्टराईले भने, ‘कोभिड-१९ को चपेटामा परेको पोखराको पर्यटनलाई लयमा फर्काउन मेरो नेतृत्वको परिषदले पहल गर्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment