Comments Add Comment

बराबरीमा रोकिए पनि लिभरपुल शीर्ष स्थानमा

१४ मंसिर, काठमाडौं । साविक विजेता लिभरपुल ब्राइटनसँग बराबरीमा रोकिए पनि प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिबार भएको खेल भिएआर रेफ्रीले लिभरपुलको दुई गोललाई मान्यता नदिँदा ब्रायटनसँग १-१ को बराबरीमा रोकिएको हो ।

ब्राइटनले घरेलु मैदानमा लिभरपुललाई पहिलो हाफमा बराबरिमा रोकेको थियो । तर डिएगो जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । इन्जरी टायममा ब्राइटनले पेनाल्टी पायो र त्यसैमा गोल गर्दै हार टार्न सफल भयो ।

घरेलु मैदानमा खेलको २०औं मिनेटमै ब्राइटनले गोल गर्ने मौका गुमाएको थियो । आरोन कोनोलीलाई फाउनल गरेपछि प्राएको पेनाल्टी ब्राइटनका निल मर्फीले पोष्ट बाहिर प्रहार गरे ।

यस्तै ३४औं मिनेटमा लिभरपुलले पनि अग्रता लिने अवसर गुमायो । मोहम्मद सालाहले गोल गरेपनि भिएआरले मान्यता दिएन र अफसाइड घोषित गरियो । ६०औं मिनेटमा जोटाले गोल ग्दै लिभरपुललाई अग्रता दिलाए । ८४औं मिनेटमा साडियो मानेले गोल गरेपनि भिएआर रेफ्रीले मान्यता निदँदा लिभरपुल अग्रता दोब्बर पार्न चुक्यो ।

तर इन्जुरी समयको दोस्रो मिनेटमा ब्राइटनले भने भिएआरको सहयोगमा पेनाल्टी पायो र पास्कल ग्रोसले गोल गर्दै खेल बराबरी गर्न सफल भए ।  एण्ड्रु रोर्टसनले डानी वेलब्याकलाई फाउल गरेपछि रेफ्रीले भिएआरको सहयोगमा ब्राइटनलाटी पेनाल्टी दिएको हो ।

बराबरीपछि पनि १० खेलबाट २१ अंक जोड्दै लिभरपुल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको टोटनहम २० अंकसहित दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment