+
+

म्याग्दीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, पाँच घाइते

रासस रासस
२०७७ मंसिर १४ गते १४:३५

१४ मंसिर, बेनी । म्याग्दीको मङ्गला गाउँपालिका-२ बावियाचौरको काफलचौरमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २-०३००१ च ०२५२ नम्बरको बोलेरो जिप आइतबार बिहान भाइबाङ खोला नजिकको सडकबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनमा परेर जिपमा सवार ११ वर्षीया बालिका करिस्मा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनमा परी जिपका चालक ४२ वर्षका खुमबहादुर कटुवालसहित पाँच जना घाइते भएका छन् । घाइते चालक कटुवाल र उनकी श्रीमती सुनिता क्षेत्री, जिपमा सवार सुकला केसी, कृपा क्षेत्री र राजन क्षेत्रीलाई उपचारका लागि बेनी अस्पताल लगिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?