
१६ मंसिर, विराटनगर । झापामा उपचारका लागि अस्पताल लैजाने क्रममा एकजना कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् । तर स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि ३६ वर्षीया महिलालाई विराटनगर लैजाने क्रममा मंगलबार दिउँसो बाटोमै मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार मृतक महिलामा दीर्घरोग भए/नभएको विषयमा खुलेको छैन । सोमबार कोरोना जाँच गर्दा महिलालाई कोरोना पोजेटिभ देखिएको थियो ।
फोकल पर्सन चौलागाईंका अनुसार झापामा संक्रमितको संख्या ३ हजार ८३१ छ । संक्रमित मध्ये ११० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4