Comments Add Comment

सञ्जीब सिंहको ‘तारेमाम’

‘चुलेसीमा, मेरी माया, गोरी यता सुनन, रमाइलो छ यो साँझ’ जस्ता लोकप्रिय गीतका गायक सञ्जीब सिंह आज पनि दर्शक तथा श्रोताको मनमा बस्न सफल छन् । उनले गाएका गीतहरुले नेपाली सांगीतिक क्षेत्रमा उनको फराकिलो स्थान बनाइदिएको छ ।

सांगीतिक करिअरलाई अगाडि बढाउने क्रममा कहिले बेलायत त कहिले नेपाल गर्दै आएका सञ्जीब दर्शक श्रोताले दिएको मायाबाट उत्साहित छन् । उनै, संजिबले आफ्नै युटुब च्यानलबाट नयाँ गीत सार्वजनिक गरेका छन् ।

स्टेरियो रेकर्डको प्रस्तुतिमा सार्वजनिक भएको ‘तारेमाम’ बोलको गीतमा प्रदिप सिंहको शब्द छ । सुदिप सिंहको संगीतमा तयार भएको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । विकास धमलाको सम्पादन रहेको भिडियोमा रुपेश थापाको छायांकन छ ।

यो गीतमा गायक सञ्जीबले काठमाण्डौको एक ठिटो र उसको आनीबानीको बिषयमा चर्चा गरेका छन् । निर्देशक खड्काले भिडियोमा काठमाण्डौको संकृती, खाना र रहनसहनलाई प्रस्तुत गरेका छन् । सञ्जीबको यो १३ औं एल्बम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment