Comments Add Comment

जीवनसाथीसँग सधैं खुसी रहन नगराैं यी ५ गल्ती

सम्बन्ध एकपटक गठन गरेर मात्रै हुँदैन । यसलाई जारी राख्न र नियमित गराउनु पनि महत्वपूर्ण कुरा हो । कुनै पनि सम्बन्धलाई बलियो र राम्रो बनाउनको लागि सम्बन्धमा लापरवाही र एकअर्कालाई ध्यान नदिनुले अक्सर सम्बन्धमा कमजोरी ल्याउँछ ।

त्यसकारण तपाईं यस्ता गल्ती गर्नबाट जोगिनुपर्छ, जसले तपाईंको सम्बन्धलाई कमजोर बनाओस् । यसरी आफ्नो जीवनसाथीसँगको व्यवहारमा यस्ता बानीबाट सधैं टाढा रहनुपर्छ ।

कल र सन्देश पठाएर झर्को नलगाउनुहोस् 

यदि तपाईं बारम्बार कल गरेर वा म्यासेजद्वारा आफ्नो प्रेमीलाई हैरान गर्नुहुन्छ भने यसले तपाईंको प्रेमीलाई झर्काे लाग्न सक्छ । यसले तपाईंहरूका बीच झगडा बढ्न सक्छ । किनकि सबैलाई आफ्नो व्यक्तिगत स्वायत्तता महत्वपूर्ण हुन्छ । त्यसैले दैनिक दिनभर कुरा गर्ने बानी हटाउनुहोस् । दिनभरि कुरा गर्नाले तपाईंलाई र साथीलाई पनि केही दिन राम्रो लाग्ला । तर पछि साथीलाई झर्काे लाग्न सक्छ । त्यसैले यसरी अरुलाई पिरोल्न छाड्नुहोस् ।

विगतको बारेमा प्रश्न गर्ने बानी

विवाहपछि सधैं वर्तमान र भविष्यको बारेमा कुरा गर्नुहोस्, यो उत्तम हुनेछ । विगतका पानालाई पल्टाउने कोसिस गर्ने हो भने तपाईंको साथीलाई अप्ठ्यारो लाग्न सक्छ । त्यसकारण सन्तुष्ट हुनुहोस् जति तपाईंलाई आफ्नो प्रेमीको विगतको बारेमा थाहा छ, बाँकी कुरामा ध्यान नदिनुहोस् ।

बारबार किचकिच गर्ने

प्रायः केही मायालु दम्पतीहरूले एक अर्काको आलोचना गर्ने बानी हुन्छ । कहिलेकाहीँ आलोचना गर्ने छुट्टै कुरा । तर त्यसैलाई लिएर बारबार किचकिच गर्ने नगर्नुहोस् । यसले आफूले केही पनि नगरेको जस्तो भान हुन्छ । त्यसैले यस्तो गर्नुहुन्न ।

सधैं पैसाको बारेमा कुरा गर्नुहुन्न

प्रेम आफ्नो ठाउँमा हुन्छ र पैसा आफ्नो ठाउँमा हुन्छ । तर यदि तपाईं सबै चीजलाई पैसासँग जोडेर कुरा गर्नुहुन्छ भने तपाईं बीचमा कुराहरु गलत हुन सक्छन् । यद्यपि पैसा महत्वपूर्ण छ तर तपाईंको पार्टनरभन्दा बढी महत्वपूर्ण छैनन् ।

पारिवारिक छलफल कम गर्नुहोस्

आफ्नो प्रेमीसँग आफ्नो परिवारको बारेमा धेरै कुरा नगर्नुहोस् ।  यो कहिलेकाहीँ हुन सक्छ । केही चीजले तपाईंलाई राम्रो महसुस गराउँदछ, जबकि केही चीजले तपाईंलाई नराम्रो महसुस गराउन पनि सक्छ । त्यसैले गुनासो वा रिस उठ्ने मौका आफ्नो साथीलाई नदिनुहोस् । यी चीजहरूलाई पहिले हटाउन कोसिस गर्नुहोस् । यस्तो बानी हटाउनको लागि एकले अर्कालाई राम्ररी चिन्ने प्रयास गर्नुहोस् । सँगै समय बिताउने प्रयास पनि गर्नुहोस् ।

कसरी आफ्नो पार्टनरलाई खुसी राख्ने ?

–आफ्नो पार्टनरलाई अरूभन्दा आफू विशेष भएको महसुस गराउनुहोस् ।

–पार्टनरको समस्या बुझ्नुहोस् र तिनीहरूलाई समर्थन गर्नुहोस् ।

–उनीहरूसँग खुसीको क्षण बिताउनुहोस् र त्यस्तै अनुभवहरू साझेदारी गर्नुहोस् ।

–कहिलेकाँही आफ्नो पार्टनरको प्रशंसा पनि गर्नुहोस् ।

यस तरीकाले तपाईले आफ्नो सम्बन्धलाई सुदृढ पार्न सकिन्छ । तपाईंको पार्टनरलाई आनन्दित बनाउने बारेमा माथि उल्लेखित सुझावलाई ख्याल गर्नुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment